काठमाडौं- संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ। सासंदहरूले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ। यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको छ नै, साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छन् यस्ता दृश्य।
तानातान, ठेलमठेल, धकेलाधकेल यस्ता दृश्यहरु संसदका लागि नौला होइनन्। आरोप, प्रत्यारोपका कुरा त संसदमा सामान्य बनिसक्यो। तर पनि यस्ता दृश्य हेर्दा रोचक लाग्छ। किनभने नीति–नियम, बनाउने ठाउँ र बनाइरहेका व्यक्तिका हरेक क्रियाकलाप चासोको विषय हुन्छन्।
यस्ता दृश्यले कौतुहल र मनोरञ्जन भने दिएका हुन्छन् नै। संसदका कतिपय दृश्यले कमेडी चलचित्रका दृश्यलाई समेत माथ खुवाउँछ। एकातिर संसदीय विषयमा छलफल र अर्कातिर पछाडि बेन्चमा बसेर सांसद गफिएका देखिन्छन्। कोही फोनमा व्यस्त त कोही निदाइरहेका। यस्ता दृश्यले बाल्यकालमा विद्यालयको पठनपाठनका बेलाको याद दिलाउँछ।
आरोप/प्रत्यारोपको व्यंग्य त छँदै छ तर अर्कातिर भने संसदीय मर्यादालाई नै सांसदका गतिविधिले व्यंग्य गरेको दृश्यको रोचकता संसदमा नै देख्न सकिन्छ। संसद बैठकका धेरै समय कुर्सीहरू खाली नै हुन्छन्। सांसदहरू फोन र गफमा व्यस्त अनि निद्रामा मस्त।
सबै तस्बिरहरू न्युज एजेन्सी नेपाल