शनिबार, मंसिर ६, २०८२

इटालीमा सुरु हुँदै सिरी ए, मिलन र एटलान्टाको खेल शनिबार

हरेक वर्ष अगस्तबाट सुरु हुने युरोपका ठूला लिग यो वर्ष चाँडो सुरु हुँदै छन्। यसै मेसोमा सिरी ए पनि शनिबाट सुरु हुन लागेको हो।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काठमाडौं- इटालीमा शीर्ष डिभिजनको फुटबल लिग सिरी ए शनिबार रातीबाट सुुरु हुँदै छ। 

National life

हरेक वर्ष अगस्तबाट सुरु हुने युरोपका ठूला लिग यो वर्ष चाँडो सुरु हुँदै छन्। यसै मेसोमा सिरी ए पनि शनिबाट सुरु हुन लागेको हो।

लिगको पहिलो खेलमा शनिबार राती सवा १० बजे साम्पदोरियाले एटलान्टाको सामना गर्नेछ। त्यस्तै, पहिलो दिनको दोस्रो खेलमा साविक विजेता एसी मिलानले उडिनेसको सामना गर्नेछ।

शनिबार राती अन्य दुई खेल हुनेछन्। उपाधि दाबेदार इन्टर मिलानले लिसेको सामना गर्नेछ भने मोन्जाले टोरिनोको सामना गर्नेछ। 

यो सिजनमा सिरी ए लिगका क्लबले बाहिरबाट खेलाडी ल्याउने प्रक्रियामा सक्रियता देखाएका छन्। अघिल्लो सिजन मात्र युरोपा कन्फरेन्स लिग जितेको रोमाले यो वर्ष जोडियानो विनाल्दुम र पाउलो डिबाला भित्र्याएको छ। 

Laxmi sunrise bank
kumari

पछिल्लो वर्ष उसले जोसे माउरिन्होलाई प्रशिक्षक बनाएपछि खेलाडी किनबेचमा निकै सक्रियता देखाएको हो।

त्यस्तै, रोमेलु लुकाकु मिलान फर्किएका छन् भने एन्जल डी मारियालले पनि युभेन्टर क्लबलाई रोजेका छन्। यससँगै यो वर्ष इटालीको शीर्ष डिभिजनको फुटबल निकै रोमाञ्चक हुनेछ।

यो वर्ष छिट्टै लिग सुरु हुनुको कारण फिफा विश्वकप पनि हो। विश्वकपमा १५औं चरणपछि लिगले एक महिनाभन्दा धेरै समयका लागि विश्राम लिनेछ।

प्रकाशित: Aug 13, 2022| 14:04 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।