सोमबार, जेठ २५, २०८३

टिकट वितरणमा मनलाग्दी नहोस् : नेता केसी

कांग्रेसको गठबन्धनभित्र रहेका दलहरूले गठबन्धनबाहिरका दलसँग तालमेल गर्ने विषय नियम विपरीत हुने नेता केसीको दाबी।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा टिकट वितरण गर्दा मनलाग्दी हुन नहुने बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेता केसीले दलभित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण हुनुपर्ने माग गरेका हुन्।

‘सर्वदलीय गठबन्धन समितिले यसमा छलफल गरोस्। एकातिर मापदण्ड र अर्कोतिर मन पर्नेलाई टिकट दिने काम नहोस्। यसले परिणाम गम्भीर बनाउन सक्छ,’ केसीले भने, ‘गठबन्धनको लक्ष्य पनि पूरा हुँदैन। मनपरी गर्दा गठबन्धन जुन लक्ष्यका लागि बनेको हो, त्यो लक्ष्य पूरा हुँदैन।’

नेता केसीले संस्थापन पक्षले न्यायोचित टिकट वितरण गर्ने विश्वास रहेको बताए। संस्थापनले मनपरी गरेर टिकट दिन थाले त्यसको परिणाम गम्भीर हुने चेतावनी उनले दिए। कांग्रेसको गठबन्धनभित्र रहेका दलहरूले गठबन्धनबाहिरका दलसँग तालमेल गर्ने विषय नियम विपरीत हुने भएकाले यसबारे छलफल आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित: Aug 13, 2022| 15:21 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...