सोमबार, चैत २, २०८२

निजी क्षेत्रलाई स्वास्थ्य बिमाको जिम्मा दिनुहुन्न : गगन थापा

निजी क्षेत्रलाई स्वास्थ्य बिमा गर्न दिइए त्यसको औचित्य समाप्त हुने थापाको जिकिर।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बिमाको जिम्मा निजी क्षेत्रलाई दिनै नमिल्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा  पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले निजी क्षेत्रलाई स्वास्थ्य बिमा गर्न दिइए त्यसको औचित्य समाप्त हुने बताएका हुन्।

स्वास्थ्य बिमाको पहुँच सबैमा पु¥याउने उद्देश्यले यो कार्यक्रम सुरु भएको थापाको भनाइ छ। उनले भने, ‘हामीले कल्पना गरेको स्वास्थ्य बिमा भनेको सबैसम्मको पहुँच हो। सरकारले के सोचेर यस्तो नियम बनाएको हो? स्वास्थ्य बिमा निजी क्षेत्रलाई दिइए यसको मान्यतै रहँदैन। यो सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा पनि हो।’

महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सके मात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने सुनाए। ‘हामीले प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्न सकेनौं भने थेग्नै सक्दैनौं,’ थापाले भने।

प्रकाशित: Aug 13, 2022| 13:18 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्