सोमबार, जेठ २५, २०८३

कांग्रेसलाई ८० सिट दिएर मनाउन सकिने दाहालको तर्क

माओवादी केन्द्रको शनिबारको बैठकबाट आउँदो चुनावका लागि सिट बाँडफाँटमा कांग्रेसलाई मनाउने निर्णयबारे छलफल।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा माओवादी केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटबारे छलफल भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा सिट बाँडफाँटका लागि गठबन्धन कार्यदलमा भएको प्रगतिबारे छलफल भएको हो।

पार्टी नेता लीलामणि पोखरेलका अनुसार बैठकमा कार्यदल सदस्यले हालसम्म भएको छलफलबारे दाहाललाई रिपोर्टिङ गरेका थिए। बैठकमा आउँदो चुनावमा कांग्रेसलगायत दलहरूले राखेका आ–आफ्ना सिट दाबीबारे सदस्यहरूले जानकारी दिएको पोखरेलले बताए।

बैठकमा अध्यक्ष दाहालले बाँडफाँटमा ८० सिटसम्म कांग्रेसलाई मनाउन सकिने बताए। ‘दाहालले कुन नेतालाई टिकट दिने र कुन क्षेत्र छाड्न नहुने विषयबारे बोल्नुभयो। शनिबारको छलफलअनुसार नै कार्यदलका सदस्यलाई गठबन्धन कार्यदलको बैठकमा कुरा राख्न आग्रह गर्नुभयो,’ पोखरेलले भने।

प्रकाशित: Aug 13, 2022| 15:02 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...