शनिबार, जेठ २, २०८३

पोखरीमा डुबेर सशस्त्र प्रहरी जवानको ज्यान गयो

पर्वतको फलेवास नगरपालिका वडा नम्बर ९ भंगरामा रहेको पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको ज्यान गएको छ।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

पर्वत- पर्वतको फलेवास नगरपालिका वडा नम्बर ९ भंगरामा रहेको पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको ज्यान गएको छ। 

National life

स्याङ्जा जिल्ला अर्जुन चौपारी गाउँपालिका वडा नम्बर ५ घर भइ हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटाको डुबेर ज्यान गएको हो। 

उहाँ कार्यरत गणबाट बिदामा घर आउनुभएको थियो। साथीहरुसँग पर्वतको भंगरामा पर्ने जलजला घुम्न गएको बेला शुक्रबार पोखरीमा डुबेर ज्यान गएको हो। त्यो ठाउँ स्याङ्जा र पर्वतको सीमा क्षेत्रमा पर्छ। 

दिउँसो ४ बजेको समयमा पोखरीमा डुबेर बेपत्ता भएका सापकोटाको साँझ ६ बजे मात्रै शव निकालिएको थियो। अहिले शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याइएको छ।

परिवार सम्पर्कमा आएपछि मृतकको शव पोष्टमार्टम गरी प्रहरीलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश रावतले बताए।

प्रकाशित: Aug 13, 2022| 14:58 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।