सोमबार, जेठ २५, २०८३

ओली–लिङ्देन भेट, आगामी चुनावमा तालमेल गर्नेबारे छलफल

नेताद्वयबीचको भेटमा आगामी चुनावमा तालमेल गरेर जाने विषयमा छलफल भएको हो।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।नेताद्वयबीचको भेटमा आगामी चुनावमा तालमेल गरेर जाने विषयमा छलफल भएको हो।

शुक्रबार बेलुका बालकोटमा भएको भेटवार्तामा आगामी ४ मंसिरमा हुने चुनावमा तालमेल गरेर जानेलगायत विषयमा छलफल केन्द्रित थियो। गठबन्धन गरेर जानेलगायत विषयमा कुरो भए पनि निर्णयमा पुगिनसकेको बताइएको छ।

लिङ्देन झापा ३ मा चुनाव लड्दै छन्। २०७४ मा पनि एमाले र नेकपा माओवादी केन्द्रसहित वाम गठबन्धनले लिङ्देनलाई समर्थन गर्दा उनी विजयी भएका थिए। उनले कांग्रेसका कृष्ण सिटौलालाई हराएका थिए।

प्रकाशित: Aug 13, 2022| 12:25 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...