शुक्रबार, वैशाख २६, २०८२

८ लाख बढी थपिए करदाता

मन्त्रालयका अनुसार स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाता थपिएका हुन्।
 |  शनिबार, साउन २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

vianetvianet
triton college
National life insurance

काठमाडौं– अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को एक वर्षे अवधिमा ८ लाख ४ हजार ४१५ जना करदाता थपिएको तथ्यांक सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाता थपिएका हुन्।

२०७८ असार मसान्तसम्म नेपालमा ४४ लाख ६१ हजार २७ करदाता थिए। यो संख्या २०७९ असार मसान्तसम्म आइपुग्दा ५२ लाख ६५ हजार ४४२ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। नेपालमा सबैभन्दा धेरै करदाता स्थायी लेखा नम्बर लिने रहेका छन्।

सरकारले व्यावसायिक स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बर बढी वितरण गरेको पाइएको छ। सरकारले अहिले अधिकांश सरकारी कामकाज र भुक्तानीमा प्यान कार्ड अनिवार्य गरेको छ। फलस्वरुप व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या पछिल्ला वर्षमा बढ्न थालेको हो।नेपालमा करदाताको संख्या उल्लेख्य बढे पनि कर संकलनमा भने त्यसको योगदान देखिएको छैन।

प्रकाशित: Aug 13, 2022| 11:43 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्