विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणका सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दामाथि सुनुवाइ हुन नसक्दा नेपाली दर्शकले विश्वकप हेर्ने सम्भावना कमजोर हुँदै गएको छ।
नेपाली कांग्रेसले मंसिर ४ गते हुन लागेको निर्वाचनमा आफ्नो पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक बसेका ५ जनालाई कारबाही गरेको छ।
गोरखाको पालुङटार क्षेत्रमा नेकपा एमालेका कार्यकर्ताबीच नै कुटाकुट भएको छ। च्याङ्लीस्थित म्याङ्गो रिसोर्टमा आइतबार राति भएको कुटाकुटमा परी एमाले नेता हरि काफ्ले घाइते भएका छन्।
प्राय: उम्मेदवारको रोजाइमा नपरेको क्षेत्र र बस्तीमा पहाडीले आफ्ना एजेन्डा लिएर जाने गरेका छन्। दलित, सिमान्तकृत समुदाय र मधेशी थारु बस्तीहरु पहाडीको प्राथमिकतामा परेका छन्।
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नागरिकता विधेयक पास गर्नु नयाँ संसदको पहिलो काम हुने भएकाले ४ मंसिरको चुनावमा सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टिमले आजबाट कीर्तिपुर मैदानमा यूएईसँग तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ। नेपाले पछिल्लो समय केन्यासँग सिरिज खेलेपछि पहिलो पटक सिरिज खेल्न लागेको हो।