सोमबार, असार ८, २०८३

निर्वाचन आचारसंहिता विपरीतका गतिविधि रोक्न आयोग सक्रिय : प्रमुख निर्वाचन आयुक्त थपलिया

हेलिकोप्टर प्रयोगमा गृह मन्त्रालय र मातहतका कर्मचारीको कामप्रति थपलियाको असन्तुष्टि।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मौन अवधि नरहेकाले निर्वाचनअघिको ४८ घन्टाको समयलाई व्यवस्थित बनाउन आयोगले आवश्यक काम गरिरहेको बताएका छन्।आयोगले यस पटकदेखि निर्वाचन हुने दिनभन्दा ४८ घन्टाअघिको समयलाई मौन अवधि नभनी प्रचार–प्रसार गर्न नपाउने अवधि भनेको छ। 

National life

सोमबार निर्वाचन आचारसंहिता, २०७९ बमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समिति बैठकमा थपलियाले प्रचार–प्रसार गर्न नपाउने उक्त अवधिमा हुने आचारसंहिताविपरीतका गतिविधि रोक्न आयोगले तयारी गरिरहेको बताएका हुन्। 

नेपालमा प्रचार–प्रसार गर्न नपाउने अवधिमा विदेशी सञ्चार माध्यमबाट हुने प्रचार–प्रसार नियन्त्रणमा भने चुनौती रहेको उनले बताए। अहिले निर्वाचन प्रचारमा हेलिकोप्टर प्रयोग समस्या रहेको र त्यससम्बन्धी उजुरी आयोगमा आएकाले छानबिनबाट दोषी पाइए कारबाही गरिने उनले प्रतिबद्धता जनाए। 

थपलियाले हेलिकोप्टर प्रयोगमा गृह मन्त्रालय र मातहतका कर्मचारीको कामप्रति असन्तुष्टि व्यक्त गरे। आचारसंहिता पालनाको सन्दर्भमा भौतिक उपस्थितिमा आचारसंहिता उल्लंघन कम भए पनि सामाजिक सन्जालमा भने उल्लंघन बढिरहेको उनको भनाइ छ। उनले सामाजिक सन्जाल प्रयोग गर्दा संवेदनशील बन्न सबैको ध्यानाकर्षण गराए। 

थपलियाले मिथ्या सूचनाबाट निर्वाचनलाई फरक ढंगले प्रभावित हुने स्थिति देखिएको भन्दै आचारसंहिताका सन्दर्भमा अरूलाई लक्षित गरेर कुरा गर्ने, चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने गतिविधि नगर्न सचेत गराए। यस पटकको निर्वाचनमा धेरैजसो आचारसंहिता उल्लंघनका घटना टिकटकबाट भइरहेको उनले उल्लेख गरे।

Shivam cement

जिल्लामा आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही गर्न कन्जुस्याइँ भइरहेको भन्दै आयोगको निर्देशनलाई पूर्ण पालन गर्न र निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन समितिलाई निर्देशन दिए। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचार–प्रसार गर्न अब पाँच दिन मात्रै बाँकी छ।

राजनीतिक दल, उम्मेदवार, दलका भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार– प्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत १७ कात्तिकदेखि १ मंसिरसम्म निर्धारण गरिएको छ। १ मंसिर रातीदेखि प्रचार–प्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचार–प्रसार स्थिर हुने कानुनी व्यवस्था छ।

प्रकाशित: Nov 14, 2022| 11:00 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...