आइतबार, जेठ ३१, २०८३

अब्दुसको टोलीमाथि आक्रमण गर्ने एमालेकै कार्यकर्ता

गोरखाको पालुङटार क्षेत्रमा नेकपा एमालेका कार्यकर्ताबीच नै कुटाकुट भएको छ। च्याङ्लीस्थित म्याङ्गो रिसोर्टमा आइतबार राति भएको कुटाकुटमा परी एमाले नेता हरि काफ्ले घाइते भएका छन्।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं– गोरखाको पालुङटार क्षेत्रमा नेकपा एमालेका कार्यकर्ताबीच नै कुटाकुट भएको छ। च्याङ्लीस्थित म्याङ्गो रिसोर्टमा आइतबार राति भएको कुटाकुटमा परी एमाले नेता हरि काफ्ले घाइते भएका  छन्।

National life

टाउकोमा चोट लागेका काफ्लेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। स्थानीय प्रहरीका अनुसार एमालेकै कार्यकर्ता बसेर खाना खाने क्रममा आपसी विवाद भएपछि कुटपिट भएको हो। कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले आज बिहान दुईजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका राम सापकोटा र अजित क्षेत्री युवा संघका कार्यकर्ता भएको स्थानीयले बताएका छन्।

गोरखामा अब्दुसका कार्यकर्तामाथि आक्रमण

गोरखा–२ बाट एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार अब्दुस मियाँले भने आफ्नो समूहमाथि अज्ञात समूहले आक्रमण गरेको बताएका छन्। ‘होटलमा पहिले नै ५ जना मदिरा सेवन गरेर बसेका थिए। हाम्रो प्रचार टिमका सदस्य त्यहाँ गएर खाना खान लागेपछि दीपक तामाङ को हो भनेर सोध्दै त्यो समूहका एक जना व्यक्ति आए। तामाङले म हो, हजुरलाई चिनिनँ नि भनेर सामान्य कुराकानी गर्दागर्दै उहाँमाथि बियरको बोतलले आक्रमण भयो,’ उनले भने। 

उक्त समूहले आक्रमण गर्न थालेपछि आफ्ना कार्यकर्ता होटलको कोठामा गएको तर त्यो समूह पुनः खोज्दै कोठाकोठा पुगेको दाबी मियाँले गरे। पुनः आक्रमणको प्रयास भएपछि नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरि काफ्लेले सम्झाउन खोजेपछि उनीमाथि पनि आक्रमण भएको मियाँले बताए।

Shivam cement

प्रकाशित: Nov 14, 2022| 12:26 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...