आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नयाँ सरकारको पहिलो काम नागरिकता सम्बन्धी कानुन बनाउनु हो : विमलेन्द्र निधि

नयाँ सरकारको पहिलो काम नागरिकता सम्बन्धी कानुन बनाउनु हो : विमलेन्द्र निधि

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नागरिकता विधेयक पास गर्नु नयाँ संसदको पहिलो काम हुने भएकाले ४ मंसिरको चुनावमा सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन्।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नागरिकता विधेयक पास गर्नु नयाँ संसदको पहिलो काम हुने भएकाले ४ मंसिरको चुनावमा सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन्। नेपाली कांग्रेस सप्तरीद्वारा रुपनीमा आयोजित पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

National life

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नागरिकता विधेयक पास गर्नु नयाँ संसदको पहिलो काम हुने भएकाले ४ मंसिरको चुनावमा सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन्। 

नेपाली कांग्रेस सप्तरीद्वारा रुपनीमा आयोजित पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

नेपाली कांग्रेस सप्तरीद्वारा रुपनीमा आयोजित पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वउपसभापति निधिले एमालेको अबरोधका कारण नागरिकता सम्बन्धी कानुन नबन्दा सात लाख नेपालीले नागरिकता नपाएर अनेक समस्या भोग्नु परेको बताए। उनले चुनावपछि सत्ता गठबन्धनको सरकार बन्ने र नागरिकता सम्बन्धी कानुन बनाउनु नै त्यसको पहिलो काम भएको उल्लेख गरे। 

नागरिकता समस्याको समाधानका लागि कांग्रेसले विगतमा गरेको प्रयासबारे जानकारी गराउँदै नेता निधिले एमालेको उक्साहटमा राष्ट्रपतिले कानुन बनाउन रोकेको दाबी गरे। उनले नागरिक अधिकारका पक्षमा सरकारले अघि बढाएको विधेयक स्वीकृत नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेकोमा आपत्ति जनाए। 

Shivam cement

निधिले ४ मंसिरको चुनाबपछि राष्ट्रपति फेरेर भए पनि नागरिकता दिलाउने प्रतिबद्धता जनाए।  नागरिकता विहीन नागरिकलाई कानुनी प्रकृया पूरा गरेर नागरिकता दिँदा राष्ट्रियता खतरामा भएको भन्ने ओलीका कारण नै राष्ट्रियता खतरामा परेको उनको भनाई थियो। 

मधेशी जनतालाई अधिकारसम्पन्न बनाउने सत्ता गठबन्धनको प्रमुख दायित्व भएको र ओली नेतृत्वको गठबन्धन ती जनतालाई अधिकारबाट बञ्चित गराउने काममा लागेकोले ४ मंसिरको चुनावमा सत्तागठबन्धनलाई मत दिएर जिताउन कांग्रेस नेता निधिले आह्वान गरे। उनले प्रत्यक्षतर्फ सत्ता गठबन्धनका उम्मेदवार र समानुपातिकतर्फ संघ र प्रदेश दुबैमा कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न पनि नेता तथा कार्यकर्तालाई अपील गरे। 

अगुवा कार्यकर्ता भेलामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस सप्तरीका सभापति एवं सप्तरी क्षेत्र नम्बर १ का उम्मेदवार रामदेश साह, ३ का उम्मेदवार दिनेशकुमार यादव, प्रदेश सभा क का उम्मेदवार मोहम्मद समिम, ख का उम्मेदवार भगतवी यादव, सप्तरी क्षेत्र नम्बर ४ ख का उम्मेदवार इन्द्रदेव यादवलगायतले मधेसी जनताको अधिकार संरक्षणका लागि गठबन्धनका उम्मेदवारलाई जिताउने आग्रह गरेका थिए।

प्रकाशित: Nov 14, 2022| 09:57 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...