शनिबार, साउन १६, २०८३

कांग्रेसबाट थप पाँच जना नेता–कार्यकर्ता निष्कासित

नेपाली कांग्रेसले मंसिर ४ गते हुन लागेको निर्वाचनमा आफ्नो पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक बसेका ५ जनालाई कारबाही गरेको छ।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं– नेपाली कांग्रेसले मंसिर ४ गते हुन लागेको निर्वाचनमा आफ्नो पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक बसेका ५ जनालाई कारबाही गरेको छ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले उनीहरूलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न निर्देशन दिएका हुन्।

निष्कासित हुनेमा मंगलबहादुर शाही (महासमिति सदस्य, हुम्ला), धर्मेन्द्रप्रसाद यादव (क्रियाशील सदस्य, बारा), रविन्द्रप्रसाद यादव (महाधिवेशन प्रतिनिधि एवं जिल्ला सदस्य, बारा), वीरेन्द्रप्रसाद यादव (महाधिवेशन प्रतिनिधि, बारा) र रामएकवालप्रसाद यादव (जिल्ला सदस्य, बारा) छन्।

गत सातामात्रै कांग्रेसको अनुशासन समितिले ८१ जना नेता-कार्यकर्तालाई कारवाही गरेको थियाे। 

प्रकाशित: Nov 14, 2022| 12:45 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...