शनिबार, साउन १६, २०८३

गोरखामा अब्दुस मियाँको टीममाथि आक्रमण

गोरखामा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं- गोरखामा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ।

आइतबार राति पाँच जनाको समूहले खाना खाने क्रममा पालुङटार नगरपालिका-७ स्थित म्याङ्गो रिसोर्टमा बियरको बोतलले आक्रमण भएको हो।

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा-२ मा एमालेबाट उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण हुँदा एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ। उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौं लगिएको छ।

आक्रमणबाट होटलको टेबुल, कुर्सी तोडफोड भएको र खाइरहेको खाना छरिएको बताइएको छ। घटनाको बेला अब्दुस भने चुनावी प्रचारमा थिए।

आक्रमणमा संलग्न पाँच जनामध्ये प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।अन्य तीन जना अझै फरार छन्।

गोरखा प्रहरी प्रवक्ता लीलाराज लामिछानेले राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिइएको बताए। फरार रहेका तीन जनाको पनि खोजी कार्य जारी रहेको उनको भनाइ छ। उनीहरूमाथि किन आक्रमण भएको हो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 14, 2022| 09:00 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...