सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धारिलो हतियार प्रहार गरेर २२ वर्षीय युवकले गरे मामाको हत्या

धारिलो हतियार प्रहार गरेर २२ वर्षीय युवकले गरे मामाको हत्या

मोरङको उर्लाबारी नगरपालिका-८ का एक जना युवकले धारिलो हतियार बाम्फोक (दाउ) प्रहार गरेर आफ्नै मामाको हत्या गरेका छन्।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

विराटनगर- मोरङको उर्लाबारी नगरपालिका-८ का एक जना युवकले धारिलो हतियार बाम्फोक (दाउ) प्रहार गरेर आफ्नै मामाको हत्या गरेका छन्। 

National life

उर्लाबारी-८ का २२ वर्षीय सुजन पाँचकोटीले बाम्फोकले हानेर मामा ४२ वर्षीय काजी महराको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। महराको घर मोरङको पथरीशनिश्चरे नगरपालिका-१ हो। 

महरा ५ दिनदेखि उर्लाबारीस्थित बहिनी कल्पना पाँचकोटीको घरमा बस्दै आएका थिए। खाना खाएर सुतेका उनीमाथि भान्जा (बहिनीका छोरा) सुजनले आइतबार राति ११:४० बजेतिर बाम्फोकले टाउकोमा प्रहार गरेको डीएसपी श्रेष्ठले जानकारी दिए। 

निद्रामा बाम्फोक प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएको थियो। उनको उपचारकै क्रममा सोमबार बिहान १ बजेतिर मृत्यु भएको र शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 

मामाको हत्यामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले घटनामा प्रयोग गरिएको हतियारसहित पक्राउ गरेर अनुसन्धान थालेको छ। हत्याको कारण खुलेको छैन।

प्रकाशित: Nov 14, 2022| 10:03 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।