बिहीबार, साउन ७, २०८३

बाँझो जग्गालाई उपयोगमा ल्याउन भूमि बैंक सञ्चालन हुँदै

 |  बिहीबार, साउन ७, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०८३

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ। 

उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले सो प्रक्रिया अघि बढाइएको भूमि व्यवस्थामन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। 

मन्त्रालयले सार्वजनिक गरेको सूचनामा भूमि उपयोग ऐन, २०७६ र भूमि उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन, २०८२)ले गरेको कानुनी व्यवस्थाअनुसार स्थानीय तहमार्फत प्रयोगविहीन निजी जग्गालाई उपयोगमा ल्याउन सकिने जनाइएको हो।

प्रकाशित: Jul 23, 2026| 20:59 बिहीबार, साउन ७, २०८३
प्रतिक्रिया दिनुहोस्