बिहीबार, साउन ७, २०८३

अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन

 |  बिहीबार, साउन ७, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०८३

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन्। बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन्।

कार्यक्रममा अर्थमन्त्री डा‍‍.वाग्ले र अर्थसचिव उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना,कर सङ्कलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेका थिए।

प्रकाशित: Jul 23, 2026| 15:22 बिहीबार, साउन ७, २०८३
प्रतिक्रिया दिनुहोस्