शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विरानगर महानगरको लोगो डिजाइन गर्नेलाई एक लाख पुरस्कार

विरानगर महानगरको लोगो डिजाइन गर्नेलाई एक लाख पुरस्कार

विरानगर महानगरपालिकाले महानगरको लोगो डिजाइन गर्नेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणासहित लोगो डिजाइनका लागि आह्वान गरेको छ।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं- विरानगर महानगरपालिकाले महानगरको लोगो डिजाइन गर्नेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणासहित लोगो डिजाइनका लागि आह्वान गरेको छ।

महानगरपालिकाले आज सोमबार एक सूचना जारी गर्दै लोगो डिजाइनका लागि आह्वान गरेको हो। सूचनामा उत्कृष्ठ लोगो डिजाइन गर्ने व्यक्तिलाई एक लाख पुरस्कार दिने घोषणासमेत गरिएको छ।

सूचना जारी भएको मितिले २१ दिनभित्र लोगो डिजाइन गरेर पठाउन सकिने बताइएको छ।

साथै, महानगरले सो लोगोमा विराटनगर हानगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवम् विशिष्ट मौलिक पहिचान झल्कने हुनुपर्ने, महानगरपालिकाको नाम समावेश हुनुपर्ने, लोगोमा कुनै पनि धार्मिक, जातीय तथा साम्प्रदायिक विभेद झल्कने, सामाजिक सद्भावमा खलल पुग्ने तथा नेपालको सार्वभौमिकता, एकता र अखण्डतामा प्रतिकूल असर गर्ने संकेत प्रयोग गर्न नपाइने उल्लेख गरेको छ।

यसका साथै, सो लोगोमा प्रयोग गरिएका संकेतहरूको संक्षिप्त व्याख्यासमेत गर्नुपर्ने र अन्यत्रबाट नक्कल गरिएको मान्य नहुने बताइएको छ।

यस्तै प्राप्त भएको लोगोमा आवश्यक परिमार्जन गर्न आग्रह गरिएमा सो अनुसार परिमार्जन गरिदिनुपर्ने पनि सूचनामा उल्लेख छ।

प्रकाशित: Nov 14, 2022| 08:50 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।