शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • विकट क्षेत्रको घरदैलोमा पुगिरहेका पहाडी भन्छन् – नयाँ अनुहारलाई अवसर दिनुस्

विकट क्षेत्रको घरदैलोमा पुगिरहेका पहाडी भन्छन् – नयाँ अनुहारलाई अवसर दिनुस्

प्राय: उम्मेदवारको रोजाइमा नपरेको क्षेत्र र बस्तीमा पहाडीले आफ्ना एजेन्डा लिएर जाने गरेका छन्। दलित, सिमान्तकृत समुदाय र मधेशी थारु बस्तीहरु पहाडीको प्राथमिकतामा परेका छन्।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

बुटवल–  मंसिर ४ को निर्वाचनका लागि उम्मेदवारहरुको घरदैलो जारी छ। प्रायः उम्मेदवार पार्टीले आयोजना गरेको सामूहिक कार्यक्रम र सुगम बस्तीहरुमा घुमिरहेका छन्। तर, रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ (क)  बाट प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिएका विनोद पहाडी भने भौगोलिक रुपमा दुर्गम र सामाजिक–आर्थिक रुपमा पछाडि परेको गाउँबस्ती पुग्ने गरेका छन्। 

National life

प्राय उम्मेदवारको रोजाइमा नपरेको क्षेत्र र बस्तीमा पहाडीले आफ्ना एजेन्डा लिएर जाने गरेका छन्। दलित, सिमान्तकृत समुदाय र मधेशी थारु बस्तीहरु पहाडीको प्राथमिकतामा परेका छन्। निर्वाचन क्षेत्रमा नै मिश्रित बस्ती र अभावमा बाँचेका मतदाताहरु रहेकाले प्रायः गुनासाहरु सुन्ने र त्यसलाई सम्बोधन गर्ने प्रयत्नमा जुटेको उनको भनाइ छ। सत्ता गठबन्धनबाट उम्मेदवार भएका पहाडीसँगै प्रतिनिधिसभा सदस्यका उम्मेदवार भरत कुमार शाह पनि चुनावी अभियानमा खटिन्छन्। 

रुपन्देहीको सैनामैना रामापुर कोलोनीबाट करिब ७ किमि उत्तरतर्फ रहेको शान्तिपुर सुखौरा गाउँमा शुक्रबार पहाडी सहितको टोली पुग्यो। यसअघि प्रदेशमा विजयी भएका उम्मेदवारले गाउँको समस्या नसुनेकोमा स्थानीयको आक्रोश थियो। ‘पहिला हाम्रो गाउँको विकास गर्छु भनेर मत दिएकाहरुले गाउँको विकास गरेनन्,’ स्थानीय कमल सोमैले भने, ‘यसपाली धैर्यताका साथ हाम्रो कुरा सुन्ने नेता पाएको महसुस गरेका छौं।’ उनले शान्तिपुर सुखौरा गाउँका बासिन्दाले सुखौरा र इगोरिया खोलाले घेरेको बस्ती भएकाले पक्की पुल नहुँदा निकै सास्ती भोगेको बताए। भरतपुर कुटी र शान्तिपुर सुखौरा गाउँलाई इंगुरिया खोलाले छुट्याएको छ। यो गाउँ पूर्व उत्तर, दक्षिणमा इगुरिया र पश्चिमा सुखौरा खोलाले घेरेको छ। बस्ती खोलाको कटानका कारण जोखिममा छ। 

सुखौरा गाउँका स्थानीयले यहाँ मोटरेबल पुल नहुँदा बजार जान र रामापुरसम्म आउजाउ गर्न निकै सास्ती भोग्ने गरेका छन्। गठबन्धनका तर्फबाट उम्मेदवार भएका शाह र पहाडी दुवै उक्त गाउँमा पुग्दा स्थानीयले आश जागेको बताए। प्रतिनिधिसभाका उम्मेदवार शाहले इंगोरिया खोलामा पक्की पुल बनाउने प्रतिबद्धता गरे। उनले संघीय सरकारबाट इगुरिया नदीमा पुल बनाउन ९ करोड रुपैयाँ छुट्याइसकेको र अब छिट्टै ठेक्का भएर पुल निर्माण हुने बताए। 

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा क तर्फका उम्मेदवार पहाडीले भने आफू शान्तिपुर सुखौरा गाउँको समस्याबारे जानकार रहेको बताउँदै खोलामा पक्की मोटरेवल पुल, खानेपानी समस्या समाधान, सिँचाइ, बिजुलीको पोल तथा शिक्षा र स्वास्थ्यमा सुधार गर्ने प्रतिबद्धता जनाए। ‘यो गाउँ मेरो पनि बाल्यकाल बिताएको गाउँ हो। यहाँको समस्या समाधानमा तुरुन्त लाग्नेछु,’ उनले भने। उनले विगतमा सुखौरागाउँको भन्दा अन्यत्र ध्यान दिने नेतृत्व भएकाले बस्ती ओझेलमा परेकाले अब गठबन्धनका उम्मेदवारले समानुपातिक विकासलाई महत्वका साथ अगाडि बढाउने बताए।

Laxmi sunrise bank
kumari

उनले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ र प्रदेश क को विकासका लागि आफूहरु प्रतिबद्ध भएर लाग्ने बताए। ‘हामी जनताको बीचबाट अगाडि बढेका छौं, संविधानको रक्षासँगै अब जनताको जीवनस्तर उकास्नेछौं,’ उनले भने। मतदाताले यो पटक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विनोद पहाडी नयाँ अनुहारका रुपमा उम्मेदवारी दिएकाले समेत एक पटक काम गर्न दिनुपर्ने बताउने गरेका छन्। 

२०६४ सालमा संविधानसभा सदस्यका रुपमा भूमिका निर्वाह गरेका पहाडीले संसदमा जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने बताउने गरेका छन्। २०४४ सालमा अनेरास्ववियू छैठौंमा संगठित हुँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यका रुपमा रहेका छन् उनी। २०४४ सालमा मेघालय शरणार्थीहरुको पक्षमा आन्दोलन गर्दा गिरफ्तार भई २७ दिनसम्म हिरासत बसेका पहाडी नौ वामको राष्ट्रवादी आन्दोलनमा सरिक भएको भन्दै २०५० मा गिरफ्तार भई ७ दिन हिरासत बसेका थिए। 

२०५३ देखि २०५८ सम्म दुई कार्यकाल नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्ष र एक कार्यकाल महासंघको केन्द्रीय सदस्य भएर काम गरेका थिए उनले। पहाडीसँग नेकपा एमालेका भूमिश्वर ढकाल प्रतिस्पर्धामा उत्रेका छन्। ढकाल एमालेका पोलिटब्यूरो सदस्य हुन। उनी २०७४ सालमा निर्वाचित प्रदेशसभा सदस्य हुन्। 

प्रकाशित: Nov 14, 2022| 12:13 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।