शनिबार, कात्तिक २९, २०८२

'मलाई युनाइटेडले धोका दियो'

अघिल्लो सिजन इटालियन क्लब युभेन्ट्सबाट आफ्नो पुरानो क्लब म्यानचेस्टर फर्किएका क्रिष्टियानो रोनाल्डोको युनाइटेड बसाई पहिलेजस्तो सुखद हुन सकिरहेको छैन।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं- अघिल्लो सिजन इटालियन क्लब युभेन्ट्सबाट आफ्नो पुरानो क्लब म्यानचेस्टर फर्किएका क्रिष्टियानो रोनाल्डोको युनाइटेड बसाई पहिलेजस्तो सुखद हुन सकिरहेको छैन।

National life

निरन्तर टिममा परेर पनि पुरा समय खेल्न नपाइरहेको गुनासो सुनाउँदै आएका रोनाल्डोले आफूलाई म्यानचेस्टर युनाइटेडले धोका दिएको बताएका छन्। पिरेस मोर्गानसँगको अन्तर्वार्ताका क्रममा उनले युनाइटेडले आफूलाई धोका दिएको बताएका हुन्।

अन्तर्वार्ताको क्रममा उनले भने, 'मलाई जे भनेर युनाइटेडले क्लबमा भित्राएको थियो, उसले त्यसअनुसारको काम नगरेर मलाई धोका दियो। क्लबले मलाई टिमबाहिर पुर्‍याउन फोर्स गरिरहेको छ। युनाइटेडका प्रशिक्षक टेन ह्यागले पनि मलाई कुनै पनि सम्मान दिएनन्। त्यसैले मेरोतर्फबाट पनि उनलाई कुनै सम्मान छैन।'

रोनाल्डोको टिमले प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्न नसक्दा शीर्ष चारमा रहन सकेन। व्यक्तिगत रूपमा अघिल्लो सिजन राम्रो प्रदर्शन गरेका उनले यो सिजनमा सफलता हात पार्ने अनुमान गरिएको थियो। नयाँ सिजन २०२२/२३ सुरुवातसँगै उनी टिमको सुरुवाती ११ म पर्न पनि मुस्किल भइरहेको छ।

नयाँ सिजनको सुरुवाती समयमा रोनाल्डो युनाइटेड छाड्ने निर्णयमा पुगेका थिए। उनी फेरि पनि क्लब परिवर्तन गर्न चाहन्थे। त्यस समय युनाइटेडको टिममा नयाँ प्रशिक्षक टेन ह्यागको आगमन भइसकेको थियो।

Laxmi sunrise bank
kumari

उनी टिमलाई पुनर्निर्माण गर्दै बलियो टिम बनाउने लक्ष्यमा थिए। तर, रोनाल्डो उक्त टिमको हिस्सा बन्न चाहेका थिएनन्।

रोनाल्डोलाई टिममा राखेर बलियो टोली बनाएर सिजनको सुरुवात गर्ने लक्ष्यमा ह्याग थिए। उनले रोनाल्डोलाई विश्वास गरेर टिमको महत्त्वपूर्ण हिस्सा मानेका थिए। तर, नयाँ सिजन सुरु भएपछि उनले भने अनुसारका कुनै पनि काम गरेका छैनन्।

प्रकाशित: Nov 14, 2022| 10:25 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।