शनिबार, कात्तिक २९, २०८२

नेपाल र यूएईबीचको एकदीवसीय सिरिज आजबाट

नेपाली राष्ट्रिय क्रिकेट टिमले आजबाट कीर्तिपुर मैदानमा यूएईसँग तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ। नेपाले पछिल्लो समय केन्यासँग सिरिज खेलेपछि पहिलो पटक सिरिज खेल्न लागेको हो।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमले आजबाट कीर्तिपुर मैदानमा यूएईसँग तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ। नेपाले पछिल्लो समय केन्यासँग सिरिज खेलेपछि पहिलो पटक सिरिज खेल्न लागेको हो।

National life

केन्याको भ्रमणपछि नै नेपाली टिमका तत्कालिन कप्तान सन्दिप लामिछाने बालिका बालात्कार केसमा जाहेरी परेपछि उनी छानविनका लागि प्रहरी हिरासतमा छन्। उनी कप्तान भएको एक वर्ष नपुग्दै राष्ट्रिय टिमबाट बाहिरिएका छन्। त्यसैले उनी यूएई सिरिजमा उपस्थित हुनेछैनन्।

सन्दिप नभएपछि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ कप्तान नियुक्त गरेको छ। तत्कालिन उपकप्तान रोहित कुमार पौडेललाई क्यानले अहिले कप्तान बनाएको छ। आजबाट नेपालीटिम रोहितको कप्तानीमा खेल्ने भएको छ।

यस्तै रोहित कुमार पौडेले नेपालकै युवा कप्तान हुने भएका छन्। कप्तानीको जिम्मेवारी पाएपछि उनले भनेका छन्, ‘राष्ट्रिय टिममा पर्नु नै ठूलो कुरा हुन्छ, त्यसमाथि कप्तानी पाउनु नै मेरो सपना पुरा भएजस्तै हो।’ उनी नेपाली टिमको ११औं कप्तानसमेत हुन्।

रोहितले यसअघि नै उमेर समूहको राष्ट्रिय टिमको कप्तानी गरिसकेका छन्। तर, त्रिभुवन आर्मी क्लबाट खेलिरहेका उनले घरेलु प्रतियोगितामा भने कप्तानीको अवसर पाएका छैनन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 14, 2022| 09:01 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।