सोमबार, वैशाख २८, २०८३

ललितपुरमा एक निर्माण व्यवसायीको हत्या, ६ जना पक्राउ

रामेछापका एक जना निर्माण व्यवसायीको हत्याको आरोपमा ६ जना पक्राउ परेका छन्।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

National life

काठमाडौं- रामेछापका एक जना निर्माण व्यवसायीको हत्याको आरोपमा ६ जना पक्राउ परेका छन्। मन्थली नगरपालिका-१० चनखुका ३९ वर्षीय राजन बस्नेतको ललितपुरको नख्खुमा कुटपीटबाट हत्या भएको हो।

आफन्तले जाहेरी दिएपछि बस्नेतको हत्याको आशंकामा ६ जनालाई नियन्त्रणमा लिइएको ललितपुर प्रहरी परिसरका प्रवक्ता सिद्दिविक्रम शाहले जानकारी दिए। शाहका अनुसार आइतबार बिहान विष्णुदेवी मन्दिरमा पूजा गर्न जाँदा स्थानीयले छट्पटाइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको अनुसन्धान भइरहेको उनले बताए। 

बस्नेत निर्माण व्यवसायीको काम गर्दै आएका थिए। उनको शवको पाटन अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ। बस्नेतका दुई छोरा रहेका छन्। श्रीमती केहि समय अगाडि विदेश गएकी थिइन्।

प्रकाशित: Nov 14, 2022| 10:17 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।