शुक्रबार, भदौ १२, २०८३

समाज

लागुऔषध किन्न टेलिकमको तार चाेरी, दुईजना पक्राउ

मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

भारतबाटै आउँछन् दैनिक साढे पाँच सय यात्रु, कहिले रोक्ने अन्तर्राष्ट्रिय उडान ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले दैनिक ५ सय ५१ यात्रु भारतबाट आइरहेको बताए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

कोशी कोभिड अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा, उपचार प्रभावित

सरकारले तोकेको न्यूनतम पारिश्रमिकलगायतका सुविधा नपाइएको भन्दै आन्दोलन थालेका उनीहरूले माग पूरा नभएसम्म काममा नफर्किने बताएका छन्। संक्रमितको उपचारमा विशेष ध्यान दिनुपर्ने बेला न्यूनतम सुविधाकै लागि आन्दोलनमा जार्नुपर्ने आफूहरूलाई बाध्य...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

बुधबारदेखि कास्कीमा पनि निषेध आदेश, सवारी साधनमा जोरबिजोर प्रणाली

कास्कीमा बुधबारदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ। बुधबारदेखि एक साताका लागि अत्यावश्यक बाहेकका सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आदेश जारी गरेका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

‘विकास बजेट काटेर भए पनि अस्पतालमा अक्सिजन पुर्‍याऊ’

कर्णाली प्रदेशका सांसदहरुले विकास बजेट कटौती गरेर भए पनि अस्पतालहरुमा अक्सिजन पुर्‍याउन माग गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

पर्सामा एक काेराेना संक्रमितको मृत्यु

आइतबार निमोनियाको लक्षणसहित नारायणी अस्पताल भर्ना भएकी ती महिलाको मृत्यु भएको अस्पतालले जानकारी दिएको हो। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

'आन्तरिक उडान स्थगनबारे एक–दुई दिनमै निर्णय हुन्छ'

सामाजिक सञ्जालमा ‘हामी कोरोना ओसार्छौं, आउनुस् सँगै मरौं’ जस्ता व्यङ्ग्यात्मक प्रतिक्रियासहित एयरलाइन्सहरूको आलोचना भइरहेका बेला प्रशासनले आन्तरिक उडान स्थगनबारे कुनै निर्णय नगरेपछि यसबारे सबैको चासो बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

हार्डवेयर गोदामका कामदार पेस्तोल र गोलीसहित पक्राउ

विराटनगर महानगरपालिका-७ स्थित एक हार्डवेयरको गोदामभित्र आइतबार राति पेस्तोल र गोली भेटिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

निषेध आदेश अवधिमा के गर्न पाइन्छ? के पाइँदैन?

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गतेदेखि निषेध आदेश जारी गरिएको छ। वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेध आदेश जारी भएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

उपत्यकामा बिहे गर्न प्रशासनको अनुमति चाहिने, १५ जनाभन्दा बढी सहभागी भए कारबाही

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेध आदेश जारी गर्दै विवाह र ब्रतबन्धमा बढी मा १५ जना सहभागी हुन पाइने तर त्यसका लागि जिल्ला प्रशासनको अनुमति चाहिने व्यवस्था गरेको...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

उपत्यकामा वैशाख १६ देखि सवारी साधन सञ्चालन गर्न निषेध [आदेशसहित]

वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेध आदेश जारी गर्ने...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

काठमाडौं उपत्यकामा वैशाख १६ देखि एक सातासम्म निषेध आदेश

उपत्यकका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साताका लागि निषेध आदेश जारी गर्ने निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

संक्रमित बढेपछि अभावै-अभावमा सुर्खेत कोरोना अस्पताल

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित कोरोना विशेष अस्पतालमा आइसियू बेड अभाव भएको छ। जटिल प्रकृतिका संक्रमितको लागि २५ आइसीयू बेड भएको अस्पतालले २६ आइसियू बेड व्यवस्थापन गरी संक्रमितको उपचार गरिरहेको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

लुम्बिनी सरकारले चार अस्पताललाई पौने दुई करोड अनुदान दिने

लुम्बिनी प्रदेश सरकारले कोरोना विशेष अस्पतालाई अनुदान रकम दिने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

कोरोना नियन्त्रणमा गम्भीर बन्न सरकारलाई देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई गम्भीर भएर कोरोना संकट समाधानमा लाग्न आग्रह गरेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना पुष्टि 

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

भेरी अस्पतालले माग्यो करारमा ६० स्वास्थ्यकर्मी

कोरोनाको हटस्पट बन्दै गएको बाँकेको नेपालगंजस्थित भेरी अस्पतालले करारमा स्वास्थ्यकर्मी भर्ना गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

सर्वोच्चद्वारा माधव नेपाल पक्षको मागबमोजिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

गण्डकीको मुख्यमन्त्रीमा प्रस्तावित नेपाली भन्छन्- गुरुङ अझै कुर्सीमा बसिरहनु अशोभनीय

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा प्रस्ताव गरिएका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपालीले सत्ता साझेदार दलले समर्थन फिर्ता लिसक्दासमेत कुर्सीमै बसिरहेर  मुख्यमन्त्रीले अशोभनीय व्यवहार प्रदर्शन गरेको  बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

कर्णालीका चार सांसद पदमुक्त

कर्णाली प्रदेशसभामा एमालेबाट निर्वाचित चार जना सांसद पदमुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८