शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संक्रमित बढेपछि अभावै-अभावमा सुर्खेत कोरोना अस्पताल

संक्रमित बढेपछि अभावै-अभावमा सुर्खेत कोरोना अस्पताल

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित कोरोना विशेष अस्पतालमा आइसियू बेड अभाव भएको छ। जटिल प्रकृतिका संक्रमितको लागि २५ आइसीयू बेड भएको अस्पतालले २६ आइसियू बेड व्यवस्थापन गरी संक्रमितको उपचार गरिरहेको छ। 
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित कोरोना विशेष अस्पतालमा आइसियू बेड अभाव भएको छ। जटिल प्रकृतिका संक्रमितको लागि २५ आइसीयू बेड भएको अस्पतालले २६ आइसियू बेड व्यवस्थापन गरी संक्रमितको उपचार गरिरहेको छ। 

संक्रमित बढेपछि पूर्वाधार, जनशक्ति र अक्सिजन अभाव भएको अस्पतालका कोरोना फोकल पर्सन डा केएन पौडेलले बताएका छन्। ‘अस्पतालमा उपचाररत संक्रमितमध्ये २६ जनाको अवस्था गम्भीर छ। हाल २६ जनालाई नै नियमित अक्सिजन दिनुपर्ने अवस्था छ। बेड अभाव भएपछि एक जनालाई प्लान्ट मेसिन (अक्सिजन कन्सनट्रेटर)मा राखेर उपचार गरिरहेका छौँ,’ डा पौडेलले भने, ‘अब आउने जटिल प्रकृतिका फिर्ता गर्नुपर्ने अवस्था छ।’ 

जटिल प्रकृतिका संक्रमित बढ्न सक्ने भएकाले तत्काल अक्सिजनसहितको पूर्वाधार निर्माण गरिहाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ। ‘जेष्ठ नागरिक र दीर्घरोगी संक्रमित अक्सिजन आवश्यक पर्छ,’ उनले भने, ‘अब पनि पूर्वाधार निर्माण नभए बिरामीलाई अस्पतालबाट फिर्ता गर्नुपर्छ।’ जटिल प्रकृतिका संक्रमितको लागि पूर्वाधार, जनशक्ति र अक्सिजनको तत्काल व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ। कोरोना विशेष अस्पतालमा बेडका साथै जनशक्ति र अक्सिजन पनि थप गर्नुपर्ने अवस्था रहेको उनले बताए। 

‘अस्पतालको एउटा अक्सिजन प्लान्ट सुरु नै भएको छैन, अर्को बिग्रियो,’ अस्पतालका निर्देशक डा डम्बर खड्का भन्छन्, ‘एक हप्ताभित्र नयाँ अक्सिजन प्लान्ट सुरु नभए बिरामीलाई अक्सिजन पाउँदैनन्।’ पुरानो अक्सिजन प्लान्टलेबाट कोरोना अस्पतालमा अक्सिजन आपूर्ति गर्न सक्ने अवस्था छैन। 

‘पुरोना अक्सिजन प्लान्ट केही दिनमै सुरु हुन्छ। तर त्यहाँबाट कोरोना अस्पतालसँग अक्सिजन ल्याउन सम्भव छैन,’ खड्काले भने, ‘कोरोना अस्पतालमा छुट्टै अक्सिजन प्लान्ट सुरु नभए बिरामीलाई अक्सिजन पुर्‍याउन सक्दैनौँ।’

कोरोना विशेष अस्पतालमा अक्सिजन प्लान्ट निर्माणाधीन छ। तर रकम भुक्तानीमा ढिलाई भएका कारण प्लान्टको प्राविधिक काम बाँकी रहेको बताइएको छ। प्लान्ट निर्माणको रकम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पनि पर्याप्त चासो दिएको छैन। 

हाल अस्पतालले नेपालगञ्जबाट अक्सिजन झिकाएर बिरामीलाई चढाइरहेको छ। नेपालगञ्जमा पनि संक्रमति बढिरहेका कारण अबको केही दिनमै त्यहाँबाट अक्सिजन आपूर्ति सहज नहुने डा खड्काको भनाइ छ। 

‘बाहिरबाट किनेर कति दिन धान्न सकिन्छ! नेपालगञ्जबाट अक्सिजन ल्याउँदासम्म बिरामीलाई बचाउन सकिँदैन। नेपालगञ्जबाट अक्सिजन ल्याउनका लागि अस्पतालसँग पर्याप्त सिलिन्डरसमेत छैनन्,’ उनले भने, ‘संक्रमित बढेपछि ४० वटा सिलिन्डर त एकै एक दिनमै सकिन्छन्। बाहिरबाट अक्सिजन ल्याउन अस्पतालसँग पर्याप्त सिलिन्डर पनि छैनन्।’

प्रकाशित: Apr 26, 2021| 12:41 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।