बुटवल– लुम्बिनी प्रदेश सरकारले कोरोना विशेष अस्पतालाई अनुदान रकम दिने भएको छ।
कोरोना संक्रमितको उपचारलाई थप प्रभावकारी बनाउन चार विशेष अस्पताललाई १ करोड ७५ लाख रुपैयाँ दिने भएको छ हो।
बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पताल, दाङ बेलझुण्डीस्थित कोरोना अस्पताल र बाँकेस्थित भेरी अस्पताललाई ५० लाखका दरले डेढ करोड रुपैयाँ दिने भएको हो।
त्यसैगरी भीम अस्पताललाई २५ लाख गरी कुल १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय गरेको सरकारले जनाएको छ।
लुम्बिनी प्रदेशका कोरोना विशेष अस्पतालमै बेड अभाव भएर बिरामीले मृत्युवरण गर्न परेपछि सरकारले अस्पतालका लागि अनुदान रकम दिने निर्णय गरेको हो।