शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा बिहे गर्न प्रशासनको अनुमति चाहिने, १५ जनाभन्दा बढी सहभागी भए कारबाही

उपत्यकामा बिहे गर्न प्रशासनको अनुमति चाहिने, १५ जनाभन्दा बढी सहभागी भए कारबाही

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेध आदेश जारी गर्दै विवाह र ब्रतबन्धमा बढी मा १५ जना सहभागी हुन पाइने तर त्यसका लागि जिल्ला प्रशासनको अनुमति चाहिने व्यवस्था गरेको हो। 
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

 काठमाडौं- काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अब विवाह र ब्रतबन्ध गर्न जिल्ला प्रशासन कार्यालयको अनुमति चाहिने भएको छ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेध आदेश जारी गर्दै विवाह र ब्रतबन्धमा बढीमा १५ जना सहभागी हुन पाइने तर त्यसका लागि जिल्ला प्रशासनको अनुमति चाहिने व्यवस्था गरेको हो। 

वैशाख १६ गतेदेखि एक सातासम्म लागू हुने यो व्यवस्था उल्लंघन गरे कानुनअनुसार कारबाही हुनेसमेत काठमाडौं जिल्ला प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ। 

वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने समेत आदेशमा गरिएको छ। 

बिहीबारदेखि लागू हुने गरी सोमबार जारी गरिएको आदेशमा अत्यावश्यक सेवाहरू भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने उल्लेख छ। 

यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेश

May be an image of text

No description available.

प्रकाशित: Apr 26, 2021| 13:26 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।