शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीको मुख्यमन्त्रीमा प्रस्तावित नेपाली भन्छन्- गुरुङ अझै कुर्सीमा बसिरहनु अशोभनीय

गण्डकीको मुख्यमन्त्रीमा प्रस्तावित नेपाली भन्छन्- गुरुङ अझै कुर्सीमा बसिरहनु अशोभनीय

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा प्रस्ताव गरिएका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपालीले सत्ता साझेदार दलले समर्थन फिर्ता लिसक्दासमेत कुर्सीमै बसिरहेर  मुख्यमन्त्रीले अशोभनीय व्यवहार प्रदर्शन गरेको  बताएका छन्।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

पोखरा–  गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा प्रस्ताव गरिएका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपालीले सत्ता साझेदार दलले समर्थन फिर्ता लिसक्दासमेत कुर्सीमै बसिरहेर  मुख्यमन्त्रीले अशोभनीय व्यवहार प्रदर्शन गरेको बताएका छन्।

 प्रदेशसभामा सोमबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्दै उनले यस्तो बताएका हुन्। 

‘संविधानको धारा १ सय ८८ मा प्रधानमन्त्री वा मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजित भएमा विश्वासको मत लिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि मुख्यमन्त्रीले त्यसो नगरेर अशोभनीय कदम चाल्नुभयो’, नेपालीले भने।  उनले गुरुङ नेतृत्वको सरकार असंवैधानिक भएको समेत आरोप लगाए। 

नेपालीले सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडेकाले अविश्वासको प्रस्ताव ल्याउनुपरेको बताए। संघको असंवैधानिक कदमलाई प्रदेश सरकारले समर्थन गरेको र त्यस्तै बाटोमा मुख्यमन्त्री हिँड्न उद्यत रहेकाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपरेको उनको भनाइ थियो।

६ गते प्रदेशसभाको बैठक बोलाइसकेको अवस्थामा वैशाख १ गते राति नै अधिवेशन अन्त्य गरेर मुख्यमन्त्री गुरुङले प्रतिगमनकै सिको गरेको उनको आरोप थियो। विगत तीन वर्षमा सरकारले सम्झनयोग्य कुनै काम गर्न नसकेको नेपालीको आरोप छ।

‘सरकार अविश्वासको प्रस्ताव फेस गर्नबाट भाग्यो। सरकारलाई समातेर ल्याउन विशेष अधिवेशन बोलाउनुप¥यो,’ नेपालीले भने, ‘मुख्यमन्त्रीले धेरै लोकतन्त्रको कुरा गर्नुहुन्छ। तर उहाँले अविश्वासको प्रस्ताव फेस गर्न नसकेर संसद् अधिवेशन नै अन्त्य गर्नुभयो।’

प्रकाशित: Apr 26, 2021| 10:36 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।