शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चद्वारा माधव नेपाल पक्षको मागबमोजिम आदेश दिन अस्वीकार

सर्वोच्चद्वारा माधव नेपाल पक्षको मागबमोजिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

माधव नेपालसहितका नेताहरूले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले  स्पष्टीकरण सोधेको आधारमा अन्तरिम आदेश दिन नपर्ने उल्लेख गरिएको छ।

माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलले संयुक्त रूपमा १४ बुँदे मागसहितको सर्वोच्चमा रिट निवेदन दर्ता गरएका थिए। आफूहरूलाई पार्टीबाट निष्कासनको तयारी गरिएको भन्दै उनीहरूले फागुन २८ पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका सबै कारबाही खारेज गर्न माग गरेका थिए। 

आइतबार पनि ढुंगानाकै इजलासमा पेसी चढेको यो मुद्दा 'हेर्न नभ्याइने'मा परेको थियो। निवेदकहरूले निर्वाचन आयोग, अध्यक्ष ओली, सभामुख, महासचिव ईश्वर पोखरेललगायतलाई विपक्षी बनाएका छन्।

प्रकाशित: Apr 26, 2021| 11:18 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।