शुक्रबार, भदौ १२, २०८३

'आन्तरिक उडान स्थगनबारे एक–दुई दिनमै निर्णय हुन्छ'

सामाजिक सञ्जालमा ‘हामी कोरोना ओसार्छौं, आउनुस् सँगै मरौं’ जस्ता व्यङ्ग्यात्मक प्रतिक्रियासहित एयरलाइन्सहरूको आलोचना भइरहेका बेला प्रशासनले आन्तरिक उडान स्थगनबारे कुनै निर्णय नगरेपछि यसबारे सबैको चासो बढेको छ।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं- कोरोना संक्रमण बढेको भन्दै काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले १६ वैशाखदेखि अत्यावश्यकबाहेक निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाए। तर हवाइ उडानबारे केही निर्णय हुन सकेन। 

सामाजिक सञ्जालमा ‘हामी कोरोना ओसार्छौं, आउनुस् सँगै मरौं’ जस्ता व्यङ्ग्यात्मक प्रतिक्रियासहित एयरलाइन्सहरूको आलोचना भइरहेका बेला प्रशासनले आन्तरिक उडान स्थगनबारे कुनै निर्णय नगरेपछि यसबारे सबैको चासो बढेको छ।

‘उडानबारे छलफल नभएको होइन। तर, सरोकारवालासँग कुराकानी गरेपछि मात्र निर्णय लिने तयारी भएको छ,’ नागरिक उड्डयन प्राधिकरणका एक उच्च कर्मचारीले नेपाल समयसँग भने, ‘यसमा जिल्लाका सिडीओहरूले मात्र निर्णय गरेर हुँदैन। एकपटक एयरलाइन्सहरुसँगै बसेर छलफल हुनपर्छ।’

दैनिक सरदर १२ हजार यात्रु उड्ने आन्तरिक उडानबारे एक–दुई दिनभित्रै निर्णय गरिने जानकारी उनले दिए।

उता यातायात व्यवसायीहरूले भने निषेध आदेशको अवधिमा हवाई उडान पनि रोक्न माग गरेका छन्। आन्तरिक उडान नरोके आफूहरूले पनि सार्वजनिक सवारीका साधन सञ्चालन गर्ने चेतावनी व्यवसायीले दिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यातायात व्यवसायीहरूलाई सरकारले नै विभेद गरेको आरोप लगाए। 'सरकारले विभेदपूर्ण व्यवहार गर्न खोजेको छ। हवाई यात्रा गर्दा कोरोना नसर्ने तर गाडीमा चाहिँ सर्ने भन्ने हुँदैन। कोरोना नियन्त्रण गर्ने हो भने त सबै क्षेत्र बन्द गर्नुपर्‍यो नि! कुनै व्यवसाय बन्द गर्ने कुनै खोल्ने गर्न पाइँदैन,' महासचिव सिटौलाले भने। 

प्रकाशित: Apr 26, 2021| 14:16 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।