काठमाडौं- काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गतेदेखि एक सातासम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ।
वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेध आदेश जारी गर्ने निर्णय गरेको हो।
बिहीबारदेखि लागू हुने गरी सोमबार जारी गरिएको आदेशमा अत्यावश्यक सेवाहरू भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ।
यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेश

