नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको निर्देशन उल्लंघन गर्दै सरकारमा सहभागी रहेका तीनजना मन्त्रीलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ।
लोकतन्त्र, गणतन्त्र र संविधान आयो। उपत्यकाका धुलाम्मे सडक कालोपत्रे भए। कतिपय आन्दोलन र परिवर्तनका साक्षी भए उनीहरु। तर यी तन्नेरीको जीवनमा खासै अन्तर आएन।
वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. टीकाराम भट्टराईले सर्वोच्च अदालतको फैसला अनुसार प्रतिनिधिसभा जीवितै रहेको भन्दै बजेट ल्याउने प्रयोजनका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारस गर्न सभामुखलाई सुझाव दिएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथी सुनुवाइ जारी छ। १९ वटा रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा सुनुवाइ भइरहेको छ।
पर्सामा सर्जिकल पसल भित्रै पसेर प्रहरी नायव उपरीक्षकले कर्मचारी कुटपिट गरेको घटनाको अनुसन्धानका लागि प्रदेश २ प्रहरी कार्यालयले छानविन समिति गठन गरेको छ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाबाट जनता, शासकबाट संविधान र कांग्रेस पार्टी बचाउने दायित्वको एकैसाथ सामना गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।
काठमाडौंका तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा संक्रमण पुष्टि भएको हो।
सबेरैदेखि मजदुरीमा लागेका उनीहरुलाई कोरोनाको लक्षण के हो थाहा पनि छैन। रमेश भन्छन्, ‘जिउ त निकै दुख्छ नि। सरसफाइमा ध्यान दिएकै छु। ज्वरो आयो भने चाहिँ के गर्ने हो आफैंलाई...