मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटकाे सुनुवाइ संवैधानिक इजलासमा हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटकाे सुनुवाइ संवैधानिक इजलासमा हुने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ। 

आज बिहीबार राणाको इजलासमा १९ वटा रिट निवेदनको सुनुवाइ भएको थियो। नियमित एकल इजलासमा प्रतिनिधिसभासम्बन्धी रिटको सुनुवाइपछि सबै निवेदन संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश भएको हो।

अब प्रतिनिधिसभा विघटनसम्बन्धी परेका सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ। ११ वटा रिटको सुनुवाइ यसअघि नै संवैधानिक इजलासमा तोकिएको थियो।  

प्रतिनिधिसभा विघटनसम्बन्धी सबै ३० वटा रिटको सुनुवाइ अब शुक्रबारदेखि संवैधानिक इजलासमा सुरु हुनेछ।

प्रकाशित: May 27, 2021| 08:18 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।