काठमाडौं– निर्माण मजदुर रमेश थापाले गत वर्ष लकडाउनका कारण भएको पीडा भुलेका छैनन्। दैलेखका ५० वर्षीय थापालाई पनि अरू नेपालीलाई जस्तै कोरोनाको दोस्रो लहर आउला भन्ने के थाहा? गत महामारीका बेला गाउँ गएका उनी कोरोनाको पहिलो लहर साम्य हुँदै गएपछि राजधानी फर्किए। अनि लागे मजदुरी गर्न। कोरोनाको दोस्रो लहर फैलिएपछि जब निषेध आदेश भयो त्यसपछि रमेशजस्ता धेरै मजदुरको दैनिकी चौपट बन्न पुगेको छ।
रमेश भन्छन्, ‘राम्रै आम्दानी भएका परिवार त कष्टकर जीवन बिताइरहेका बेला हाम्रो त जीवन बर्बादै हुँदै छ नि।’ गत वर्ष लकडाउन खुलेका बेला ज्यान पाल्नैका लागि उनी गाउँ गए। उनी भन्छन्, ‘सहज बन्ने देखेर काठमाडौं फर्किएको, यसपालि त बाँच्नै गाह्रो भयो।’
गत वर्ष पसल बन्द भएपछि काम गर्नैपर्यो’, रमेश भन्छन्, ‘रोगभन्दा भोक ठूलो छ । सरकारले त नारा मात्रै लगाउँछ। हामीजस्तो मजदुरी गर्नेलाई जहिल्यै दुःख छ।’
सिमसिमे पानी परिरहेका बेला बानेश्वरस्थित सडकमा काम गरिरहेका उनलाई कोरोनाको कुनै पर्वाह थिएन। कोरोना भाइरस संक्रमणको डर लाग्दैन? उनी भन्छन्, ‘कहाँ नलाग्नु हजुर! ज्यान त पाल्नैपर्यो। अरु उपाय नै छैन।’ उनले बिगत १२ वर्षदेखि बसपार्कमा सानो चिया पसल गर्दै आएका थिए। ‘गत वर्ष पसल बन्द भएपछि काम गर्नैपर्यो’, उनी भन्छन्, ‘रोगभन्दा भोक ठूलो छ । सरकारले त नारा मात्रै लगाउँछ। हामीजस्तो मजदुरी गर्नेलाई जहिल्यै दुःख छ।’
उनले अहिले रोगको कुनै वास्ता नगरी पेट पाल्नका लागि बानेश्वरमा आकाशे पुल बनाउने काम पाएका छन्। दोलखाका कृष्ण सिजालीको पनि उस्तै छ व्यथा। उनी पनि बिहान ७ बजे चाबहिलबाट नयाँ बानेश्वरसम्म हिँड्दै आउँछन्। निषेध आदेशअघिसम्म फलामको काम गर्दै आएका सिजालीलाई भोक टार्नैका लागि भए पनि काम गर्नुपर्ने बाध्यता छ।
उनलाई काम गरिरहँदा अरूबाट कोरोना सर्ने हो कि भन्ने डर पनि छ। उनी भन्छन्, ‘कसलाई रहर छ र? यस्तो अवस्थामा काम गर्न? के गर्नु काम नगरी रोगले भन्दा भोकले मरिने डर छ।’
यी त केही प्रतिनिधि पात्र मात्रै हुन्। रोगले भन्दा भोकले मरिन्छ भन्दै काम गर्न बाध्य भएका धेरै मजदुर छन्। यस्ता श्रमिकबाट कोरोना महामारी फैलिन डर पनि उत्तिकै छ। कतिपयले परीक्षण नै गरेका छैनन् भने खोप पनि उनीहरुको पहुँचसम्म पुगेको छैन। सिजाली भन्छन्, ‘कोरोना परीक्षण गर्ने दुई हजार रुपैयाँ नहुँदा चाहेर पनि अस्पताल जान पाएको छैन। अहिलेसम्म सन्चै छ। दुई हजार रुपैयाँले त दुई दिनको छाक टर्छ।’
सबेरैदेखि मजदुरीमा लागेका उनीहरुलाई कोरोनाको लक्षण के हो थाहा पनि छैन। सिजाली भन्छन्, ‘जिउ त निकै दुख्छ नि। सरसफाइमा ध्यान दिएकै छु। ज्वरो आयो भने चाहिँ के गर्ने हो आफैंलाई थाहा छैन।’
सरकारले कोरानो परीक्षणका लागि दुई हजार रुपैयाँ लिँदै आएको छ। एक पटक परीक्षण गर्दा संक्रमण पुष्टि भएमा आइसोलेसनमा बस्नुपर्छ। सहरको कुनै गल्लीभित्रको छिँडीमा बस्दै आएका आफूहरुका लागि त्यो सम्भव नभएको सिजालीको भनाइ छ। रमेश भन्छन्, ‘परीक्षण गराउँदा पोजिटिभ आयो भने त काममा कसरी आउनु नि! काम नगरे भोको बस्नुपर्छ फेरि।’
सबेरैदेखि मजदुरीमा लागेका उनीहरुलाई कोरोनाको लक्षण के हो थाहा पनि छैन। सिजाली भन्छन्, ‘जिउ त निकै दुख्छ नि। सरसफाइमा ध्यान दिएकै छु। ज्वरो आयो भने चाहिँ के गर्ने हो आफैंलाई थाहा छैन।’