मंगलबार, भदौ ९, २०८३

निरुदेवी पालले फिर्ता गरिन् गाडी 

संसद सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेको भन्दै उनले फेसबुकमा स्टाटस लेखेकी छिन्।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं- विघटित प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले गाडी फिर्ता गरेकी छन्। संसद सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेको भन्दै उनले फेसबुकमा स्टाटस लेखेकी छिन्। उनी नेकपा एमालेको तर्फबाट सांसद बनेकी थिइन्। 

‘संघीय संसद सचिवालयले महिला तथा सामाजिक समिति सभापतिको हैसियतले उपलब्ध गराएको गाडी आज सकुसल सवारी शाखामा बुझाइयो,' उनले फेसबुकमा लेखेकी छिन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते राती पौने २ बजे प्रतिनिधि सभा विघटन गरेकी थिइन्। त्यसविरुद्ध नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसहित विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। 

प्रकाशित: May 27, 2021| 08:41 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।