मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शासकले च्यात्न खोजेको संविधान जोगाउन कांग्रेस मैदानमा : नेता पौडेल

शासकले च्यात्न खोजेको संविधान जोगाउन कांग्रेस मैदानमा : नेता पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाबाट जनता, शासकबाट संविधान र कांग्रेस पार्टी बचाउने दायित्वको एकैसाथ सामना गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं - कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाबाट जनता, शासकबाट संविधान र कांग्रेस पार्टी बचाउने दायित्वको एकैसाथ सामना गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।

नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कोरोनाबाट नागरिकलाई बचाउनका सरकारले सम्पूर्ण शक्तिको प्रयोग गर्न नसकेको टिप्पणी गरेका छन्। उनले सरकारको कमजोरीका कारण नै महामारी भयावह बनेको बताए।

कोरोनाबाट नागरिकलाई जोगाउन कांग्रेसले ठोस कदम चाल्नुपर्ने उनको धारणा थियो। अहिलेका शासकबाट संविधान जोगाउने दायित्व कांग्रेसको काँधमा आएको नेता पौडेलले बताए। उनले शासकले संसद विघटन गरेर संविधान च्यात्न खोजेको आरोप लगाउँदै संविधान जोगाउन कांग्रेस मैदानमा आएको बताए।

उनले संविधानको धारा ७६ को उपधार ५ ले अमेरिकी कंग्रेसका सदस्यले जस्तो सांसद्‍लाई स्वविवेकी अधिकार दिइएको बताए। उनले संविधान निर्माणका क्रममा कुन प्रणाली अपनाउने भन्ने विषयमा विवाद भएको स्मरण गर्दै संविधान भनेको संझौताको दस्तावेज भएको बताए। 

संझौताको दस्तावेज भएकाले यो संविधानका केही संसदीय व्यवस्था अनुरुपका भएको र केही व्यवस्था अमेरिकी व्यवस्था जस्तो भएको बताए। उनले धारा ७६ को उपधारा १, २, ३ अनुसार सरकार बन्न सकेन भने सांसद्‍हरूलाई आत्मानिर्णयको अधिकार दिएर प्रतिनिधिसभा ५ वर्ष टिकाउने व्यवस्था धारा ६५ को उपधारा ५ मा गरिएको स्पष्ट पारे।

धारा ७६ को उपधारा ५ मा दलिय व्यवस्था भन्दा पनि बाहिरको अवस्था कल्पना गरेर प्रतिनसधिसभाका सदस्यको स्वतन्त्र अस्थित्व स्वीकार गरेर सरकार बनाउन सकिन्छ भन्ने आशय भएको बताए।

प्रकाशित: May 27, 2021| 07:31 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।