मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिले संविधान उल्लंघन गर्नुभयो, अदालतबाट न्याय पाउने विश्वास छ : देउवा

राष्ट्रपतिले संविधान उल्लंघन गर्नुभयो, अदालतबाट न्याय पाउने विश्वास छ : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपतिले मुलुकमा राजनीतिक संकट ल्याउन खोजेको आरोप लगाएका छन्।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपतिले मुलुकमा राजनीतिक संकट ल्याउन खोजेको आरोप लगाएका छन्।

प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा राष्ट्रपतिले प्रधानमन्त्रीका गलत कदममा मलजल गरिरहेको आरोप लगाए।

'संविधानको धारा ७६ को ५ अनुसार प्रतिनिधिसभाको कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधार पेश गरेमा राष्ट्रपति कहाँ जाने व्यवस्था छ। हामीले यही व्यवस्थामा टेकेर सांसदहरूको हस्ताक्षर लिएर गएका थियौं। भेरिफाई नगरिकनै राति १ बजे राष्ट्रपतिले हाम्रो दावी रद्द गरिदिनु भयो।  प्रधानमन्त्रीले संविधानको उल्लंघन गरे भन्दैमा राष्ट्रपतिले गर्न हुँदैन थियो', उनले भने। उनले आफूहरू सर्वोच्च गएकाले त्यहाँबाट न्याय हुने विश्वास व्यक्त गरे। 

उनले प्रधानमन्त्री र राष्ट्रपतिले राजनीतिक संकट उत्पन्न गर्न खोजेकाले यस बारेमा सञ्चारमाध्यमले आवाज उठाउनु पर्ने बताए।

कंग्रेस प्रजातन्त्र र स्वतन्त्रका लागि लडेको पार्टी भएको बताउँदै उनले मनपरितन्त्रका विरुद्ध आफूहरू अदालत गएको देउवाले बताए। 'कोरोनाका कारण सडकमा जान सकेका छैनौं। प्रतिगमनविरुद्ध मिडियाले साथ दिन आवश्यक छ। हामीले सडकमा उत्रिएर कोरोना फैलाउनु हुँदैन। केही साथीहरू सडकमा जाउ भन्दै हुनुहुन्छ, मैले नै रोकेर राख्या छु', उनले भने।

उनले जनताको जीवन भन्दा अन्य कुरा ठूलो नहुने बताए। न्यायपालिकाले संविधान माथिको हस्तक्षेपलाई सच्याउनेमा आफूहरू विश्वस्त रहेको उनले बताए।

फरक प्रसंगमा बोल्दै आफू पार्टी महाधिवेशन गराएन भनेर कलंक बोक्न नचाहने बताउँदै सभापति देउवाले कोरोना महामारीले महाधिवेशन गराउन नसकिएको स्पष्ट पारे। उनले सल्लाह गरेर कुनै अरु सहज बाटो निकाल्नुपर्ने धारणा राखेका थिए। 'अहिले संविधान मिच्नेविरुद्ध लडौं। त्यसपछि बसेर छलफल गरौंला', उनले भने।

प्रकाशित: May 27, 2021| 06:16 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।