मंगलबार, भदौ ९, २०८३

बजेट शनिबार अपराह्न ४ बजे

आगामी आर्थिक वर्षका लागि सरकारले यही शनिबार अध्यादेशमार्फत बजेट सार्वजनिक गर्ने भएको छ। 
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं– आगामी आर्थिक वर्षका लागि सरकारले यही शनिबार अध्यादेशमार्फत बजेट सार्वजनिक गर्ने भएको छ। 

अर्थ मन्त्रालयका अनुसार शनिबार अपराह्न ४ बजे बजेट सार्वजनिक हुने निर्णय भइसकेको छ। 

शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश पारित गरी बजेट सार्वजनिक गरिने छ। प्रधानमन्त्री कार्यालय वा राष्ट्रिय योजना आयोग कहाँबाट बजेट सार्वजनिक गर्ने भन्ने विषयमा भने अझै टुंगो नलागेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। 

त्यस्तै शुक्रबार दिउँसो २ बजे अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने निर्णय भएको छ । अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीका अनुसार अर्थ मन्त्रालयमा जुममार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गरिनेछ।

अर्थ मन्त्रालयले बुधबार बजेटको रातो किताब पनि छापिसकेको छ। पहेँलो किताब पनि छापिसकेको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: May 27, 2021| 06:17 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।