काठमाडौं– संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. भीमार्जनु आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिबाट मान्छे मारेको भन्दा पनि ठूलो अपराध भएको टिप्पणी गरेका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको छलफल कार्यक्रममा उनले प्रधानमन्त्री र राष्ट्रपतिको अपराधमा संसद् मूकदर्शक बस्न नहुने बताए।
उनले भने, ‘मान्छे मारेको भन्दा ठूलो अपराध हो यो। प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मूकदर्शक भएको छ। प्रधानमन्त्रीको तिकडम रोक्न संसद्ले सकेन। शपथको दृष्य पनि भद्दा देखियो। राजीनामा नगरी, पदुमक्त नभई फेरि प्रधानमन्त्रीमा दाबी गर्नु नियतमाथि खोट थियो ।’
