मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिको भूमिका संविधान विपरित : विश्वप्रकाश शर्मा

राष्ट्रपतिको भूमिका संविधान विपरित : विश्वप्रकाश शर्मा

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीबाट बच्न आफै सजग हुने बाहेक विकल्प नभएको बताएका छन्।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं - कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीबाट बच्न आफै सजग हुने बाहेक विकल्प नभएको बताएका छन्। प्रेस युनियनको स्थापना दिवसको अवसरमा बोल्दै प्रवक्ता शर्माले सरकारको प्रधान विषय महामारी नियन्त्र भन्दा सत्ताको खेल भएकाले जनतासँग जीवन रक्षाका लागि सजग हुनु बाहेक अरु विकल्प नरहेको टिप्पणी गरेका हुन्।

'पार्टीको झण्डा कति राम्रो छ? नेताहरूले कति लामो भाषण गर्छन् भन्ने विषयले अर्थ राख्दैन। देश कोरोना महामारीमा छ। अहिले जनताको जीवन पहिलो प्राथमिकताको विषय हो। सरकार त्यसमा गम्भीर छैन। उसको ध्यान अन्यत्रै छ', उनले भने।

कांग्रेसले प्रतिपक्षका रुपमा चरनात्मक सहयोग गरिरहेको भए पनि सरकारले काम गर्न नसकेको शर्माको आरोप छ। 'हामी माथि पनि महामारीमा कांग्रेसले सत्ताको लडाइ गर्ने भन्ने कुरा उठ्न सक्छ। हामीलाई जनताले प्रतिपक्षमा बस्ने म्यान्डेड दिएका हुन्। हामी प्रतिपक्षमै बस्छौं, तपाइहरू सरकार चलाउनुस् भनेर अविश्वासको प्रस्ताव ल्याएनौं। सरकारले बैशाख २७ गते आफै विश्वासको मत लिँदा विश्वासको मत अहिलेको बाध्यात्मक अवस्था सिर्जना भएको हो', उनले भने।

संविधानको धारा ७६ को ५ ले दलहरूका लागि नभइ कुनै व्यक्तिले बहुमत ल्याए सरकार चलाउने भन्ने उल्लेख रहेको उनले बताए। 'यो निर्दलिए होइन। बहुमत सांसदहरूको हस्ताक्षर लिएर हामी गएपछि राष्ट्रपतिले कसरी परीक्षण गर्नु भयो। उहाँको भूमिका संविधान भन्दा विपरित थियो', उनले भने।

गणतन्त्रको भविष्य दलहरूको चरित्रमा मात्रै नभइ राष्ट्रपतिको भूमिका पनि निर्भर हुने शर्माले टिप्पणी गरे‍। राष्ट्रपतिको असम्वैधानिक कदमविरुद्ध पत्रकाहरूले लेख्नुपर्ने उनले बताए। संसद् पुनर्स्थापना हुनुपर्ने उनको माग छ।

प्रकाशित: May 27, 2021| 05:45 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।