देउवा पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता हरिहर दाहालले संविधानमा नलेखिएका विषयमा काम भएमा अहिले विद्यादेवी भण्डारीको हकमा मात्रै नभएर जुनसुकै राष्ट्रपतिका विषयमा पनि प्रश्न उठ्ने टिप्पणी गरेका थिए।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
'संविधान र कानुनभन्दा बाहिर गएर गरिएका काममा राष्ट्रपतिले उन्मुक्ति पाउन सक्ने अवस्था नै रहँदैन। संविधानमा नलेखिएका विषयमा काम भएमा अहिले विद्यावदेवि भण्डारीको हकमा मात्रै होइन, जुन सुकै राष्ट्रपति भए पनि...
बाजुराको हिमाली गाउँपालिका–५ क्युडिकामा बस्ती भासिँदा ९९ परिवार विस्थापित भएका छन्। बस्तीमुनि खनिएको सडकका कारण कमजोर बनेको जमिन पानी पर्न थालेपछि भासिएको हो।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनका चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रतिष्ठनका सबै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन्।
नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग दाबीसहित सर्वोच्च अदालतमा रिट दर्तामा हस्ताक्षर गर्ने पार्टीका सांसदलाई हस्ताक्षर फिर्ता लिन दिएको समय आज सकिँदैछ।
हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौंमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ।