शनिबार, भदौ ६, २०८३

गाउँपालिकामा कार्यरत कर्मचारी मृत फेला

बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन्।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

बैतडी- बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन्। गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। 

नयाँ नियुक्त भएका भट्ट गाउँपालिकातर्फ नियुक्ति बुझ्नका लागि जाँदै गरेका बेला अपराह्न ४ः३० बजे  सिगास–२ कुर्चेनेटा भन्ने स्थानमा मृत भेटिएका हुन्।  उनले भने, 'नयाँ नियुक्ति लिनका लागि गाउँपालिका जाँदै गर्दा पेट दुख्यो भनेर एक्कासि ढलेको भन्ने बुझिएको छ।' 

गाउँपालिका केन्द्र गर्जे जाँदै गरेका भट्ट अचानक पेट दुख्यो भनेर अस्पताल जान्छु भनी बाटोबाटै फर्किएको र फर्केको ठाउँबाट ५०० मिटर वर आउँदा एक्कासि ढलेको बताइएको छ। भट्टको मृत्युको कारण भने खुल्न सकेको छैन। शव परीक्षण आज मात्रै गरिने इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Jul 05, 2021| 03:44 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।