शनिबार, भदौ ६, २०८३

आइतबार ओलीसँग भेटेका रावल नेपाल निवासमा

अध्यक्ष ओलीसँग भएको भेट र कुराकानीबारे नेपाललाई ब्रिफिङ गर्ने उनी नेपाल निवास पुगेको रावल निकट स्रोतले जानकारी दिएको छ।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं- आइतबार साँझ प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका एमालेको असन्तुष्ट समूहका नेता भीम रावल सोमबार बिहान वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा पुगेका छन्।

अध्यक्ष ओलीसँग भएको भेट र कुराकानीबारे नेपाललाई ब्रिफिङ गर्न उनी नेपाल निवास पुगेको रावल निकट स्रोतले जानकारी दिएको छ।

वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँग भेटघाट गर्न अस्वीकार गरेपछि ओलीले रावललाई आइतबार साँझ बालुवाटारमा निम्ता दिएका थिए। 

'हिजो अध्यक्ष ओलीसँग भएको वार्ताका विषयमा छलफल गर्न भीम रावल नेपाल निवास पुग्नुभएको छ,' एमालेका एक नेताले। भेटमा पछिल्लो राजनीतिक भेटघाटका विषयमा छलफल हुने उनको भनाइ छ।

आइतबार साँझको बालुवाटार भेटमा ओलीले रावलसँग नेपाललाई सहमतिमा ल्याउन आग्रह गरेका थिए। जवाफमा रावलले आफूहरु पनि एकताकै पक्षमा रहेको तर पूर्ववत् अडान कायमै रहेको बताएका थिए।

शनिबार सम्पन्न ओली पक्षीय एमालेको केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २३ सांसदलाई सोमबार साँझसम्मको अल्टिमेटम दिएको छ। त्यसअघि नै सहमति जुटाउन ओली तल्लीन भएको बताइएको छ भने दुवै पक्षका दोस्रो तहका नेताहरूको सक्रियता बढेको छ।

प्रकाशित: Jul 05, 2021| 05:55 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।