शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बीपी प्रतिष्ठानका सबै पदाधिकारीको कार्यकक्षमा ताला, माग पूरा नभए बालुवाटार घेर्ने चेतावनी

बीपी प्रतिष्ठानका सबै पदाधिकारीको कार्यकक्षमा ताला, माग पूरा नभए बालुवाटार घेर्ने चेतावनी

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनका चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रतिष्ठनका सबै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन्।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं- सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनका चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रतिष्ठनका सबै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन्। विभिन्न माग राखेर करिब एक महिनादेखि आन्दोलनरत पक्षले आज सोमबार पदाधिकारीको कार्यकक्षमा ताला लगएको हो।

भ्रष्टाचार एवं अनियमितताको दलदलमा फसेको  र तथ्यहरुले क्षयीकरण उन्मुख संस्थालाई त्यसको शाख र प्रतिष्ठा पुनः स्थापित गर्दै शुद्धीकरण गर्ने अभिप्रायले आन्दोलनमा उत्रिनुपरेको उनीहरुको भनाइ छ।  कुलपति एवम् प्रधानमन्त्रीसमेतलाई जानकारी गराउँदा पनि समाधानका लागि पहल नभएको आन्दोलनकारीको गुनासो छ।

यस्तो गम्भीर विषयमा आजसम्म देखिएका सुस्तता पुनः प्रदर्शन गरिएमा र आफ्ना मागहरूको यथोचित सम्बोधन नगरिएमा सम्पूर्ण फ्याकल्टीहरु, कर्मचारीहरु, आवासीय चिकित्सकहरु, विद्यार्थीहरु सामूहिक राजीनामा दिई प्रधानमन्त्री कार्यालय घेर्न काठमाडौं उपस्थित हुने जानकारी आन्दोलनरत पक्षले दिएको छ। 

बीपी प्रतिष्ठान बचाउन भन्दै उनीहरुले आजदेखि हरेक साँझ ४ बजे काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्ने भएका छन्।

यस्ता छन् माग

१) असक्षम सम्पूर्ण पदाधिकारीहरुको राजीनामा एवम् बहिर्गमन हुनुपर्दछ।
२) प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलीको गठन गरिनु पर्दछ।
३) अबका दिनमा चयन हुने पदाधिकारी विशिष्टिकृत, एवम् विज्ञहरूको समूह बनाई उक्त समूहले सिफारिस गरेको व्यक्तिमात्र चयन हुने वातावरण बनाइनुपर्दछ।

 

प्रकाशित: Jul 05, 2021| 05:38 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।