शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सा शिक्षा आयोगद्वारा ११ शिक्षणसंस्थालाई छात्रवृतिको रकम निकासा

चिकित्सा शिक्षा आयोगद्वारा ११ शिक्षणसंस्थालाई छात्रवृतिको रकम निकासा

चिकित्सा शिक्षा आयोगले स्नातक तहमा पढाउने ११ वटा सरकारी शिक्षण संस्थालाई छात्रबृत्ति बापतको रकम उपलब्ध गराएको छ। 
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहमा पढाउने ११ वटा सरकारी शिक्षण संस्थालाई छात्रबृत्ति बापतको रकम उपलब्ध गराएको छ। 

आयोगले एक सूचना जारी गर्दै चिकित्सा शास्त्र तर्फको २०७६/७६ को चिकित्साशास्त्र तर्फ अध्ययन गर्ने कुल ५२९ जना विद्यार्थीलाई छात्रबृत्तिमा अध्ययन गराउने ११ वटा सरकारी शिक्षण संस्थालाई दोस्रो किस्ता बापतको ३६ करोड ९६ लाख ८२ हजार ५८४ रकम निकासा गरेको हो।

चिकित्सा क्याम्पस महाराजगञ्ज, नर्सिङ क्याम्पस महाराजगञ्ज, आयुर्वेद कलेज कीर्तिपुर,नर्सिङ क्याम्पसहरु पोखरा, बीरगञ्ज र नेपालगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका शिक्षण संस्थामा ७५ प्रतिशत सिट छात्रबत्तिका लागि छुटएको छ।

प्रकाशित: Jul 05, 2021| 05:10 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।