काठमाडौं- नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ सेती दोभान र १४ किलोलगयत बिभिन्न स्थानमा आइतबार राति पहिरो खसेको हो।
राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाउनका लागि डोजरको प्रयोग गरिएको छ। बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ।
प्रहरीले पटक-पटक पहिरो खसेर सडक अवरुद्ध हुने क्रम बढेसँगै बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।