काठमाडौं- नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ। नेतृ भुसालकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेर सोमबार बिहान निधन भएको हो।
उनको ललितपुरस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
प्रकाशित: Jul 05, 2021| 03:14 सोमबार, असार २१, २०७८