निवर्तमान केपी ओली नेतृत्वको सरकारसँग तीनबुँदे सहमति गरेर खुला राजनीतिमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ले पछिल्लो एक सातायता राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन्।
नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानुनी भएको भन्दै सचेत गराएका छन्।
त्यसो त प्रधानमन्त्री देउवा पनि आफैंमा धर्ममा विश्वास राख्ने राजनीतिज्ञ हुन्। उनी ‘भाग्य’मा विश्वास राख्छन्। उनले हरेक काम ज्योतिषीको सल्लाहअनुसार गर्ने गरेका छन्।
सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन्।
खोप प्रमाणपत्रका लागि अहिले दैनिक सयौं युवा टेकु पुग्छन्। हिजोसम्म खोप लगाउन मात्र भौंतारिनु पर्थ्यो, अब अर्को सास्ती थपिएको छ– प्रमाणिकरण। खोप जहाँ लगाए पनि प्रमाणिकरणका लागि टेकु नै जानुपर्छ।...