बिहीबार, भदौ ४, २०८३

नेपाली नागरिकलाई यूएई प्रवेशमा रोक

नेपाली नागरिकलाई यूएईले प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। यो निर्णय आउँदो बुधबारदेखि अर्को सूचना जारी हुँदासम्मका लागि कार्यान्वयन हुनेछ। 
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं- नेपाली नागरिकलाई यूएईले प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। यो निर्णय आउँदो बुधबारदेखि अर्को सूचना जारी हुँदासम्मका लागि कार्यान्वयन हुनेछ। 

युएईले प्रवेशमा रोक लगाएका अन्य देशहरूमा बङ्गलादेश, पाकिस्त नर श्रीलंका रहेका छन्। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै केही समयमा लागि प्रवेशमा रोक लगाइएको छ।

नेपालसहित चार देशबाट ट्रान्जिट भएर आउने यात्रुले पनि यूएईमा प्रवेश गर्न पाउने छैनन्। तर, यूएईका नागरिक, कुटनीतिक नियोगका कर्मचारी, यूएईका गोल्डेन रेजिडेन्सी होल्डर्सलगायतले भने यूएई जान पाउनेछन् ।

यूएई यात्रा गर्दा पछिल्लो ४८ घण्टा भित्र गरिएको पीसीआर रिपोर्ट नेगेटिभ रहेको, विमानस्थलमा पुनः पीसीआर परीक्षण गरिने यूएईले जनाएको छ।

प्रकाशित: Jul 21, 2021| 02:19 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।