काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ। एमाले कार्यालय सचिव शेर बहादुर तामाङले सोमबारदेखि सुरु भएको १०औं बैठक आज पनि निरन्तर जारी रहने बताए।
बैठक दिउँसो ३ बजे तुलसीलाल प्रतिष्ठानमा बस्ने छ। यसअघि सोमबार र मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझावलाई अनुमोदन गरेको छ। साथै अन्तिम समयसम्म पार्टीभित्रको एकताका लागि पहल गर्ने निर्णय गरेको छ।
सोमबारको बैठकले शेर बहादुर देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
यसअघि १४औं केन्द्रीय कमिटी बैठक बस्ने बताए पनि विवाद समाधान गर्न गठन भएको कार्यदलले गरेको सहमति अनुसार एमालेले २०७५ जेठ २ को अवस्थामा रहेको कमिटीकै आधारमा यो बैठक बोलाएको हो।