काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरूसँग छलफल गरिरहेका छन्।
नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरू भर्चुअल माध्यममार्फत छलफलमा रहेको उनको सचिवालयले जानकारी दिएको छ।
छलफल आगामी रणनीति, सरकारमा सहभागी हुने/नहुनेलगायत विषयमा केन्द्रित छ। मंगलबार नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसद र केही आफू निकट नेताहरूसँग छलफल गरेका थिए।
नेपालसमूहले विश्वासको मत दिएका र नदिएका सांसद र केन्द्रीय सदस्यहरूसँग पनि छलफल गर्ने तयारी गरेको छ। उता एमालेको १०औं केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहने छ।